भैरहवा । नेकपा एमालेनिकट युवा संघ नेपाल र अनेरास्ववियु कार्यकर्ताले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको पुत्ला जलाएका छन् ।
संसद पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको विरोध गर्दै उनीहरुले भैरहवाको बुद्धचोकमा पुत्ला जलाएका हुन ।
सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै विद्यार्थी नेता कार्यकर्ताले नारबाजी र प्रदर्शन गर्दै प्रधानन्यायाधिश राणाको पुत्ला जलाएका थिए । 
उनीहरुले सर्वोच्चको कदमको विरोध गरेका थिए भने संसद विघटनको पक्षमा आवाज उठाएका थिए । ठूलो मात्रामा प्रहरी परिचालन भएकोले पूत्लाको आगो केही बेर मै प्रहरीले निभाएको थियो ।
विरोध कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य भिम भण्डारी, सरोज ठकुरी, युवा नेता वाइपी आचार्य, युवा संघका जिल्ला सदस्य सुवास पाण्डे, मिलन दर्लामी, कृष्ण मल्ल ठकुरी लगायत अनेरास्ववियु जिल्ला कमिटी सदस्य सागर न्यौपाने, विवेक भण्डारी, मनिसा कार्की लगायतका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।